काठमाडाैँ- चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडाैँ अवतरण भएका छन् । भ्रमणको सिलसिलामा भारतमा रहेका यी अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् । सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै काठमाडाैँ आइपुगेका हुन् ।
२५ सदस्यीय भ्रमण टोलीसहित काठमाडाैँ उत्रिएका यी विमानस्थलबाट द्वारिका होटेल गएका छन् । यीले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्नेछन् । शनिबार बिहान नारायण खड्कासँग उनले भेटघाट गर्नेछन् । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने छन् ।
शनिबार दिउँसो प्रधान मन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ । यीले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ ।
यीलाई नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीसँगै अधिकारीहरूले स्वागत गरेका छन् ।