×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संगठित भए सुदूरपश्चिममा पूर्व प्रदेश सांसदहरु

संगठित भए सुदूरपश्चिममा पूर्व प्रदेश सांसदहरु

धनगढी - सुदूरपश्चिम प्रदेशका पूर्वसांसदहरू संगठित भएका छन् । प्रदेशका पूर्वसांसदहरूको भेलाले पूर्वसभामुख अर्जुनबहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय पूर्वप्रदेशसभा सदस्य मञ्चको तदर्थ समिति गठन गरेको छ ।

भेलाले मञ्चको विधान पारित गरेको पूर्वप्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

उनका अनुसार पूर्वप्रदेशसभा सदस्य हर्कबहादुर कुँवरको संयोजकत्वमा गठन गरिएको समितिले विधानको मस्यौदा तयार गरेको थियो । उक्त समितिको सदस्यमा पूर्णा जोशी र दुर्गा विक रहेका थिए । उक्त समितिले तयार पारेको विधान आज पारित गरिएको हो ।

पूर्वप्रदेशसभा सदस्य मञ्चलाई आइतबार अन्तिम रूप दिने तयारी छ । मञ्चको ७ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको छ । जसको संयोजक पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट छन् ।

संविधानको रक्षा र व्यवस्था बलियो बनाउने उद्देश्यले मञ्च गठन गरिएको जोशीले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्