प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि गरिएको आइतबारको मतदानको तोकिएको समय सकिएको छ । आइतबार विहान ७ बजेबाट प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि प्रत्यक्ष तथा समानुपातिक प्रणालीतर्फ मतदान सुरु भएको थियो ।
आज भएको मतदानमा निकै कम सहभागिता रहेको प्रारम्भिक प्रक्षेपण गरिएको छ । यसबारे आधिकारिक आँकडा निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छैन । आयोगका अनुसार १५ स्थानमा मतदान स्थगित गरिएको छ ।
आज दिनभर विभिन्न ठाउँमा भएका झडपहरुलाई नियन्त्रणमा लिन प्रहरीले देशभर ३५ भन्दा बढी राउण्ड हवाई फायर गरेको छ ।