×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जनमत पार्टीले आरती साहको हत्यारालाई कारबाही गर्न माग

जनमत पार्टीले आरती साहको हत्यारालाई कारबाही गर्न माग

काठमाडौँ-जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले धनुषाकी आरती साहको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । राजधानीको माइतीघरमा धर्नामा बसेका साहका परिवारसँगको भेटघाटका क्रममा शनिबार राउतले आरतीको हत्यारालाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

धनुषाकी २२ वर्षीय आरती साहको गत जेठ ७ गते दाइजो कारण हत्या भएको माइती पक्षको आरोप छ । हत्यारालाई तत्काल कारबाही गर्नुपर्ने माग गर्दै आरतीको माइती पक्ष र आफन्तले डेढ महिनादेखि माइतीघरमा धर्ना दिइरहेका छन् । पैसा र राजनैतिक पहुँचको आडमा सो हत्याकाण्डलाई ढाकछोप गर्ने षडयन्त्र भैरहेको पनि आरतीका माइती पक्षका परिवारको आरोप छ । घटनाबारे बयान लिने बहानामा आरतीको परिवार र माइती पक्ष बोलाएर प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक वेदप्रकाश गौतमले कुटपिट गरेको आरतीको परिवारले जनाएको जनमत पार्टीले जनाएको छ ।

प्रहरीले सो घटनाको मुद्दा दर्ता नगरेको र छानबिनलाई प्रभावित पार्दै आएको भन्दै प्रहरीलाई पनि छानबिनको दायरमा ल्याउन जनमत पार्टीले माग गरेको छ । पीडितहरूले डेढ महिनादेखि न्यायका लागि माइतीघर मण्डलामा धर्ना दिँदै आएको बताउँदै अध्यक्ष राउतले दोषीहरूलाई अविलम्ब कारबाहीको दायरमा ल्याउन माग गरे । साथै पीडित परिवारको संघर्षमा साथ र सहयोग रहने प्रतिवद्धता पनि उनले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्