जनकपुरधाम- मधेस प्रदेश प्रहरीले १० लाख फिरौती माग्ने एक युवकलाई धनुषाबाट पक्राउ गरेका छन् । मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीलले रोशन कन्सट्रक्सनमा काम गर्ने राज कुमार साहसँग १० लाख फिरौती रकम माग गर्दै आएका एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेका अनुसन्धान अधिकृत उमाशंकर साहले जनाएका छन् ।
निरिक्षक साहका अनुसार कन्सट्रक्सनमा काम गर्ने साहसँग १० लाख मागेको नदिए ज्यान मार्ने धम्की दिदैँ आएको थियो ।
मण्डललाई विशेष सूचनाका आधारमा घरबाटै हिरासतमा लिइएकोे छ । भने थप अनुसन्धानका लागि मण्डललाई धनुषा जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।