×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गृह जिल्लामा कर्णबहादुर मल्लमाथि खनिए देउवा, भने– ओलीको चाकडी गर्न थालेछ

गृह जिल्लामा कर्णबहादुर मल्लमाथि खनिए देउवा, भने– ओलीको चाकडी गर्न थालेछ

डडेलधुरा- कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीबाट निष्कासित गरिएका नेता कर्णबहादुर मल्लमाथि खनिएका छन्। गृहजिल्ला डडेल्धुराको गन्यापधुरामा आयोजित चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा मल्लमाथि खनिएका हुन्।

मल्ल कतैबाट परिचालित भएर एमाले अध्यक्ष ओलीको चाकडी र्ग थालेको देउवाले आरोप लगाए। उनले भने, ‘कांग्रेसको नेता बनाएको मान्छे अहिले विपी कांग्रेस भनेर हिँडेको छ । यिनीहरु कहाँबाट परिचालित छन, यस्ताका बारेमा भन्न पनि लाज लागेको छ । भोलिका दिनमा आफूपछिको नेता बनाउँला भनेको मान्छे त ओलीको चाकडी गर्न थालेछ ।’

टिकट वितरणमा असन्तुष्टि जनाउँदै विपी कांग्रेसको नाममा मल्लले जिल्लाभर स्थानीय तहको चुनावमा एमालेसँग तालमेल गरेका छन्। त्यसपछि कांग्रेसले मल्ललाई निष्कासन गरेको छ।

उनले डडेल्धुरा क्षेत्रको विकास गरेरै छोड्ने प्रतिवद्धता जनाए।

प्रतिकृया दिनुहोस्