×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालयौन दुर्व्यवहार र मानव बेचबिखनमा मनोज पाण्डे दोषी ठहर, ३ वर्षभन्दा बढी जेल सजाय

बालयौन दुर्व्यवहार र मानव बेचबिखनमा मनोज पाण्डे दोषी ठहर, ३ वर्षभन्दा बढी जेल सजाय

काठमाडौं- सुन्दरी प्रतियोगिताका नाममा बालयौन दुर्व्यवहार गरेको र मानव बेचबिखनमा मनोज पाण्डे दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले मंगलबार उक्त फैसला गरेको हो ।

बाल यौन दुर्व्यवहारमा पाण्डेलाई ६ महिना कैद, ५ हजार रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ती तिर्नुपर्ने सजाय तोकिएको छ । त्यस्तै मानव बेचबिखनको सजाय निर्धारण भने माघ २३ गते हुनेछ ।  काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले तीन वर्षभन्दा बढी सजाय हुने कसुर भएकाले मानव बेचबिखनमा मंगलबार सजाय निर्धारण नभएको बताए ।  पाण्डेले आयोजना गर्ने सुन्दरी प्रतियोगितामा सहभागी युवतीले गत जेठमा सामाजिक सन्जालमार्फत उनिविरुद्ध बोलेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

प्रतिकृया दिनुहोस्