चितवन- नेकपा एमालेको दोस्रो दिनको बन्दसत्र साँझ ७ बजेमात्रै सुरु हुने भएको छ । चितवनको सौराहास्थित पार्क सफारी होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बाहिरिएका नेता गोकुल बाँस्कोटाका अनुसार बन्दसत्र साँझ ७ बजे सुरु भएर चाँडै टुङ्गिनेछ । बन्दसत्र आइतबार बिहान ८:३० बाट सुरु हुने भनिएको थियो ।