×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धनुषाको सहिदनगरका इन्जिनियर घुससहित अख्तियारको नियन्त्रणमा

धनुषाको सहिदनगरका इन्जिनियर  घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेशकुमार चौधरीलाई घुससहित नियन्त्रणमा लिएको छ।
 
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले इन्जिनियर चौधरीलाई वाल निर्माण कार्य सम्पन्न भएपछिको भुक्तानी दिने क्रममा सेवा ग्राहीसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
 
उनलाई नगद एक लाख घुस लिइसकेको अवस्थामा उक्त रकम र एक लाख ७५ हजार रुपैयाँको चेकसहित नगरपालिकाको वडा नम्बर ३ स्थित पशुसेवा केन्द्रको भवनबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
 
नियन्त्रणमा लिएका चौधरीमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभएको छ।

प्रतिकृया दिनुहोस्