×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पशुपतिमा आजदेखि पाँच दिनसम्म मासु तथा जाँडरक्सी खान/बेच्न रोक

पशुपतिमा आजदेखि पाँच दिनसम्म मासु तथा जाँडरक्सी खान/बेच्न रोक

काठमाडौं -पशुपति मन्दिर परिसर आसपासका क्षेत्रमा आजदेखि पाँच दिन सम्म मासु,जाँडरक्सी र अरु नशालु पदार्थ बेच्न र खान निषेध गरिएको छ । आउँदो फागुन २७ गतेसम्म पशुपति क्षेत्र आसपासमा कसैले पनि मासु, जाँडरक्सी तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन गर्न नपाउने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारी बताए।

आजदेखि गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा निषेध गरिएको छ ।

त्यस्तै महाशिवरात्रि पर्वको रौनक बढाउन आज बिहान पशुपति मन्दिर परिसरमा र्‍याली गरिएको छ । र्‍यालीमा भारतबाट आएका साधु,सन्तहरु सहित विभिन्न सङ्घ, सस्थालगायतको उपस्थिति रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

महाशिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा साधु, सन्तहरु आउने क्रम बढेको छ । प्रवक्ता अधिकारीका अनुसार आज नै भारतबाट आएका साधु, सन्तलाई पशुपति क्षेत्रमा औपचारिकरुपमा प्रवेश गराउन थालिएको छ । पर्सि फागुन २५ गते महाशिवरात्रि पर्व मनाइँदैछ ।
 

प्रतिकृया दिनुहोस्