×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

लगानिको महाअबसर अउदो ६ गते ७० लाख किता अईपियो आउदै

लगानिको महाअबसर अउदो ६ गते ७० लाख किता अईपियो आउदै


काठमाडौँ-साहस उर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ।कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ७० लाख कित्ता आइपिओ असोज ६ गतेदेखि बिक्री खुल्ला गर्न लागेको हो। यसमध्ये ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। 

न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। कम्पनीको आइपिओमा १० गतेसम्म आवेदन दिन सकिनेछ। सिडिएससीको मेरो सेयर र आफ्नो बैंक खाता रहेको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। बिक्री प्रवन्धकका रुपमा एनआइबिएलएस क्यापिटल रहेको छ। इक्रा नेपालले कम्पनीलाई बीबीप्लस रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनी औसत मध्यम स्तरमा रहेको जनाउँछ। 

जारी पुँजीको ७० प्रतिशत संस्थापक सेयर र १० प्रतिशत स्थानीयबासी तथा २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो।यस कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोसी) जलविद्युत आयोजना निर्माण गरिरहेको छ। ब्याजसहित आयोजनाको लागत प्रतिमेगावाट १३ करोड ७९ लाख रहेको छ।ब्याजसहित कुल लागत ११ अर्ब ८६ करोड लाग्ने अनुमान छ। आयोजना समग्रमा ७२ प्रतिशत सम्पन्न भइसकेको कम्पनीले दावी गरेको छ। 
(७० लाख हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ)

प्रतिकृया दिनुहोस्