×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

करेन्ट लागेर तीन जनाको मृत्यु

करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं- तनहुँ, रोल्पा र मोरङमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । तनहुँको ब्यास नगरपालिका–१ मौरीयाटार बस्ने ६८ वर्षीय ओम बहादुर नेपालीको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो । घर नजिकैको खोलाबाट पानी तान्न मोटर चलाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।   

रोल्पाको गंगादेव गाउँपालिका–७ धपरी बस्ने ३० वर्षीय टिकाराम वलीको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ । रोल्पा नगरपालिका–७ निम्रीस्थित वेभ सर्भर जडान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल रेउघातर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । मोरङको मिक्लाजुङ्ग गाउँपालिका–८ बस्ने २९ वर्षीय नगेन्द्र बस्नेतको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ । 

मिक्लाजुङ्ग गाउँपालिका–२ र ईलाम चुलाचुली गाउँपालिका–६ को सिमानास्थित नुनसरी खोलामा करेन्ट लगाई माछा मार्नेक्रममा करेन्ट लाग्दा उनी अशक्त बनेका थिए । उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्