×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आक्रमण गर्नेलाई ज्यान मार्ने उद्योगको मुद्धा लाग्ने भएपछि काममा फर्किए स्वास्थ्यकर्मी

आक्रमण गर्नेलाई ज्यान मार्ने उद्योगको मुद्धा लाग्ने भएपछि काममा फर्किए स्वास्थ्यकर्मी

भेरी अस्पतालमा बिहीबार स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि आक्रमणकारीहरुलाई कडा कारवाही गर्नको लागि व्यापक दबाब बढेको थियो । शुक्रबार प्रमुख विपक्षी दलदेखि राष्ट्रपतिले समेत चासो व्यक्त गरेकी थिईन् । उक्त अस्पतालका स्वास्थ्यकर्मी समेत आन्दोलित भएपछि प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको छ ।

आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्धा चलाएको छ । यससँगैको सहमतिपछि स्वास्थ्यकर्मीहरु आ(आफ्नो काममा फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्