×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज पनि आदेश आएन, अर्को सुनुवाइ ७ दिनपछि

आज पनि आदेश आएन, अर्को सुनुवाइ ७ दिनपछि

काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दैमा’ सरेको छ। सोमबार प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता खम्म खातीसहितका सरकारी वकिलले बहस गरेपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

कांग्रेस नेतृत्वको गठबन्धन सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपीमा बढुवा गरेपछि परेको रिटमा सोमबार चार जना सरकारी वकिलले बहस गरे। सोमबार बहसमा सहभागी हुँदै महान्यायाधिवक्ता खातीले नेपाल प्रहरीको महानिरीक्षक पदका लागि धीरजप्रताप सिंह नै उपयुक्त पात्र भएको बताए।

‘आईजीपीका लागि उपयुक्त धीरजप्रताप सिंह नै हुन्’, उनले भने, ‘विश्वराज पोखरेल पनि प्रतिस्पर्धी हुन् तर प्रहरीको नेतृत्व दिन उपयुक्त होइनन्।’खातीले डीआईजी र एआईजीबाट आईजीपी बनाउँदा फरक-फरक व्यवस्था रहेको बताए।

सोमबार उनीसहित सह-न्यायाधिवक्ता शोभकान्त भण्डारी, अर्का सह-न्यायाधिवक्ता खेमराज ज्ञवाली र नायव महान्यायाधिवक्ता कृष्ण जीबी घिमिरेले आईजीपी नियुक्तिको प्रतिरक्षा गर्दै बहस गरे। असार १९ गते हुने सुनुवाइका क्रममा आईजीपी सिंहको पक्षबाट उनका निजी वकिलले बहस गर्नेछन्। बहस लम्बिएर असारभित्रै सर्वोच्चको आदेश नआए एआईजी पोखरेलले साउनदेखि अनिवार्य अवकाश पाउनेछन्।

प्रतिकृया दिनुहोस्