काठमाडौं- पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ले विश्व बक्स अफिसमा दक्षिण भारतीय फिल्म आरआरआर, केजीएफ २ र बजरंगी भाइजान जस्ता फिल्मलाई पछाडि पार्दै उत्कृष्ट कमाइ गरेको छ।
योफिल्मले बेलायत र नर्वेजस्ता युरोपेली देशमा यी फिल्मलाई पनि पछि पारेको हो। यो फिल्मले रिलिज भएयता फिल्मले विश्वभर २२० करोड भारु कमाइ सकेको छ। यो फिल्म १३ अक्टोबर २०२२ मा रिलिज भएको थियो।
फवाद खान स्टारर फिल्म पाकिस्तानी फिल्म उद्योगको अहिलेसम्मकै सबैभन्दा महँगो र सर्वाधिक कमाउने फिल्म हो। यो कमाइमा पाकिस्तानबाट फिल्मले ८७.५० करोड रुपैयाँ र विदेशबाट १३२.५० करोड रुपैयाँ कमाइ भएको छ।
यसले बेलायतमा १३.९२ करोड रुपैयाँ कमाएर दक्षिण एसियाकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राख्यो। यसअघि २०१८ मा फिल्म ‘पद्मावत’ले बेलायतमा सबैभन्दा धेरै कमाइ गरेको थियो। यसबाहेक यो फिल्म ‘बजरंगी भाइजान’लाई उछिन्दै नर्वेमा सबैभन्दा धेरै कमाउने दक्षिण एसियाली फिल्म बनेको छ। फिल्मले अमेरिका, अष्ट्रेलिया र क्यानडा जस्ता देशमा पनि राम्रो व्यापार गरिरहेको छ।
बिलाल लासारीको निर्देशनमा बनेको फिल्ममा फवाद खान र माहिरा खान मुख्य भूमिकामा छन् भने हमजा अली अब्बासी सहायक भूमिकामा छन्। ‘द लिजेन्ड अफ मौला जट्ट’ सन् १९७९ को कल्ट क्लासिक फिल्म मौला जट्टको रिमेक हो। फिल्मका मुख्य अभिनेता फवाद खान पाकिस्तानमा मात्र नभई बलिउडमा पनि निकै चर्चित छन्।