×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

बसन्तको ‘रेलिमै…’लाई २० लाख दर्शक, रुचाए दाईजो प्रथाको पीडा बोलेको गीत

बसन्तको ‘रेलिमै…’लाई २० लाख दर्शक, रुचाए दाईजो प्रथाको पीडा बोलेको गीत

काठमाडौं- बसन्त विश्वकर्माको नयाँ गीत ‘रेलिमै…’लाई स्रोता एवं दर्शकले रुचाएका छन् । बसन्त र शान्तीश्री परियारको स्वर रहेको गीतले सुरुवातका दिनमा भने खासै भ्युज पाएको थिएन् । मिठासपूर्ण अडियो र भिडियोमा उठाईएको दाईजो प्रथाको विषयवस्तुलाई स्रोता दर्शकले रुचाएसँगै भ्युज बढ्दै गएको हो । सार्वजनिक भएको दुई साता बढी हुँदा गीतलाई २० लाख बढी दर्शकले हेरेका छन् । अधिकांशले निकै राम्रो प्रतिक्रिया दिएका छन् ।
बसन्तकै शब्द रहेको गीतमा प्रकाश दूतराजको संगीत, कृष्ण भान्जाको एरेन्ज छ ।

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा दाईजो प्रथाको पीडालाई प्रस्तुत गरिएको छ । गीतको अडियो त मिठासपूर्ण छ नै भिडियो सन्देशमूलक बनाईएको छ । टिकटकमा समेत गीत हिट छ । गीतलाई स्रोता दर्शकले मौलिक, मार्मिक र सन्देशमूलक रहेको बताएका छन् ।

उसो त सर्जक एवं गायक बसन्तले फरक खालका सिर्जनाहरु ल्याउँदै आएका छन् । यसपटक पनि उनले फरक सिर्जना ‘रेलिमै…’ ल्याएका हुन् ।

गीतको भिडियोमा बसन्त स्वयंमका साथमा मोडल उषा उप्रेतीले अभिनय गरेकी छिन् । दुर्गा पौडेलको छायांकन रहेको उक्त गितको भिडियो नवीन घर्ती मगरको सम्पादन एवं कलरपछि सार्वजनिक भएको हो ।

प्रतिकृया दिनुहोस्