×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

बुद्दि तामाङको ‘गोजी रित्तै’छायाँकन सम्पन्न

बुद्दि तामाङको ‘गोजी रित्तै’छायाँकन सम्पन्न

काठमाडौँ- जेजी प्रोडक्सनको ब्यानरमा निर्माण भई रहेको चलचित्र ‘गोजी रित्तै’को छायाँकन सकिएको छ। विनोद परियारको निर्देशनमा बनेको सामाजिक तथा हाँस्य चलचित्र ‘गोजी रित्तै’को हेटौंडा आसपासमा छायाँकन गरिएको हो। शिला तामाङको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता शुकदेव गोले र सह निर्मातामा सुमन मगर र राधिका लामा रहेका छन्। आयुष बुढाथोकीले लेखेको चलचित्रको छायाँकन रामेश्वर हुमागाईंले गरेका हुन् भने द्वन्द निर्देशन राजु किरांतले गरेका छन्। 

चलचित्रमा राजु श्रेष्ठ,बुद्दि तामाङ,नमिता राई,मनिल तामाङ,सारदा गिरि,बिष्णु सापकोटा,श्याम राई र राधिका तामाङ लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको सम्पूर्ण छायाँकन सकेर युनिट काठमाडौँ फर्कीसकेको छ। 

प्रतिकृया दिनुहोस्