वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार-२०७७’ बाट सम्मानित भएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा श्रेष्ठलाई नगद १ लाखसहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका हुन् । कार्यक्रममा स्वास्थ्यका कारण श्रेष्ठ उपस्थित हुन नसकेपछि उनका छोरा यमन श्रेष्ठले सम्मान ग्रहण गरेका थिए ।
सम्मान पत्रसहित मदनकृष्णको तस्बिर हरिवंश आचार्यले सामाजिक सञ्जालमा सेयर गरेका छन् । कोभिड–१९ लाई जितेर घरैमा स्वास्थ्य लाभ गरिरहेका श्रेष्ठको स्वास्थ्य अहिले सामान्य रहेको छ ।