×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रोकियो 'सक्किगो नि' को प्रसारण

रोकियो 'सक्किगो नि' को प्रसारण

हाँस्य टेलिशृंखला 'सक्किगो नि' को प्रसारण रोकिएको छ।कार्यक्रमको १०० औं भाग प्रसारण भएपछि प्रसारण रोकिएको हो।

कार्यक्रमको प्रसारण रोकिएको कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)ले जानकारी दिए।

‘हिमालय टेलिभिजनसँग हाम्रो सम्झौता सकिएपछि नयाँ टेलिभिजनको लागि छलफल गरिरहेका छौं। एक दुई हप्तापछि कुन टेलिभिजनमा प्रसारण हुने भनेर टुंगो लाग्छ। त्यसपछि नियमित प्रसारण हुन्छ,’ उनले भने।  यो कार्यक्रम २०७७ मंसिर २५ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो।

कार्यक्रमलाई अर्जुन घिमिरे र कुमार कट्टेल (जिग्री) ले संयुक्त रुपमा निर्देशन गर्दै आइरहेका छन्। 

प्रतिकृया दिनुहोस्