×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विवेकशील साझामा नयाँ नेतृत्वबारे सहमति : अध्यक्षमा समिक्षा संयोजकमा सञ्जीव

विवेकशील साझामा नयाँ नेतृत्वबारे सहमति : अध्यक्षमा समिक्षा संयोजकमा सञ्जीव

काठमाडौँ- विवेकशील साझा पार्टीमा नयाँ नेतृत्वबारे सहमति जुटेको छ । अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि बैठक नै बस्न नसकेको पार्टीमा नयाँ अध्यक्ष र संयोजकको नाममा सहमति जुटेको हो ।

त्यसअनुसार आइतबार ३ बजे पार्टीको बैठक बोलाइएको विवेकशील साझाका एक नेताले जानकारी दिए । उनका अनुसार अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराईको नाममा सहमति जुटेको हो ।

बाग्मती प्रदेशको संयोजक रहेकी बाँस्कोटा ३० वैशाखको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन् । बाँस्कोटा, निवर्तमान अध्यक्ष मिश्र पक्षका हुन् भने भट्टराई भने निर्देश सिलवाल निकट हुन् ।

प्रतिकृया दिनुहोस्