×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन

फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन

काठमाडौं- नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल)लाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

काठमाडौंमा शुक्रवार वाईसीएलको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।   देशको राजनीतिलाई सही दिशासमा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए । क्रान्ति नदोहोरिन भएकाले परिमार्जित र विकसित रुपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।

प्रतिकृया दिनुहोस्