×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

दीपेन्द्र आईसिसीको उच्च वरियतामा ३ स्थानमाथि उक्लदै छैटौं स्थानमा

दीपेन्द्र आईसिसीको उच्च वरियतामा ३ स्थानमाथि उक्लदै छैटौं स्थानमा

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अहिलेसम्मकै उच्च वरियतामा उक्लिएका छन् । आईसीसीले मंगलबार जारी गरेको टी-ट्वान्टी आईको अलराउन्डरतर्फको वरियतामा ऐरी छैटौं स्थानमा उम्कलिएका हुन।  आईसीसीका अनुसार उनी यस अघि नवौं स्थानमा रहेका थिए।


अमेरिका र वेस्ट इन्डिजमा जारी टि-ट्वान्टी विश्वकपमा ऐरीले बंगलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्ड्ससँगको खेलमा ३२ रन जोड्नुका साथै ६ विकेट लिएका थिए। ऐरीले ओमानमा भएको  एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा ६ बलमा ६ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान बनाएका थिए।

टी-ट्वान्टी आईको अलराउन्डरको पहिलो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोईनेस, दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा,तेस्रो स्थानमा  बंगलादेशका ‌शाकिब अल हसन रहेका छन्।

यसैगरी  चौथो स्थानमा अफगानिस्तानका‌ मोहम्मद नाबी,पाँचौं स्थानमा जिमबावेका सिकन्दर राजा छन्।

ऐरीलाई भारतका हार्दिक पाण्डेय, इङ्ल्यान्डका लियाम लिभिङस्टोन, मोइन अली, दक्षिण अफ्रिकाका एडेन मारकमले पछ्याइरहेका छन्। नेपालका कुशल मल्ल एक स्थान तल झरेका छन्। उनी ३६ नम्बरमा रहेका छन्। 

प्रतिकृया दिनुहोस्