काठमाडौं- ए डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछ।
दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ। दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा थ्रीस्टार र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ। थ्रीस्टार मच्छिन्द्रलाई स्तब्ध पार्दै सातौँ जितको खोजीमा हुनेछ भने मच्छिन्द्र पनि पाँचौँ जितको खोजीमा देखिन्छ।
च्यासल मैदानमा ३ बजे नै सातदोबाटो र संकटा भिडनेछन्। सातदोबाटो छैटौँ जितको खोजीमा हुँदा संकटा पाँचौँ जित निकाल्न चाहन्छ।
साँझ ६ बजे दशरथ रंगशालामा जावलाखेल र हिमालयन शेर्पा खेल्दैछन्। हिमालयन शेर्पाले अहिलेसम्म ११ मध्ये दुई खेल मात्रै जितेको छ। जावलाखेल हिमालयनलाई हराउँदै आठौँ जितको लक्ष्यमा हुनेछ र शीर्ष स्थान कायमै राख्न चाहन्छ।
खेलकुद