×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आदिवासीका हकहित स्थापित गर्न सरकार क्रियाशील रहेकाे प्रधानमन्त्रीकाे भनाइ

आदिवासीका हकहित स्थापित गर्न सरकार क्रियाशील रहेकाे प्रधानमन्त्रीकाे भनाइ

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधानमा उल्लेख आदिवासीका हकहित स्थापित गर्न सरकार क्रियाशील रहँदै आएको बताएका छन् ।

विश्व आदिवासी दिवसका सन्दर्भमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको ज्ञान सिप र सांस्कृतिक परम्परालाई संरक्षण गर्दै संविधानमा उल्लेख हकहित स्थापित गर्न क्रियाशील रहँदै आएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर उनीहरूलाई कुनै पनि किसिमको अवसरबाट वञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने बताए ।

उनले मुलुकको विभिन्न परिवर्तनमा आदिवासी जनजाति समुदायको योगदानलाई उच्च मूल्याङ्कन गरिएको धारणा पनि राखे । प्रधानमन्त्री देउवाले आदिवासी जनजाति समुदायको विकास, उनीहरूका हक अधिकारको सुनिश्चितका लागि महासङ्घले अघि बढाउने हरेक सवालमा सरकारले सदैव साथ दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कांग्रेसका नेताहरूले आदिवासी जनजातिको अधिकार स्थापित गर्दै मुलुकको विकासको बाटोमा अघि बढाउनका लागि सबै तत्पर हुनुपर्ने धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्