×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १९ जनामा काेराेना संक्रमण, १ काे मृत्यु

थप १९ जनामा काेराेना संक्रमण, १ काे मृत्यु

काठमाडाैँ - नेपालमा बुधबार थप १९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ७३ पिसिआर परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१ हजार ४ सय ४८ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय १५ जना निको भएका छन् । हाल नेपालमा २ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मनत्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्