×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य

नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य

काठमाडौँ- त्रिदेशीय टी ट्वेन्टी क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लार्य १६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो । नेपालका दिपेन्द्रसिंह ऐरीले नटआउट ५४ रन बनाए । यस्तै, आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र करण केशीले नटआउट ३३ रन बनाए ।

यसैबीच, दीपेन्द्रसिंह ऐरी टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । काठमाडौँमा भइरहेको त्रिदेशीय टी–ट्वेन्टी शृंखलाको फाइनलमा २१ रन बनाएसँगै दिपेन्द्र टी–ट्वेन्टी अन्तराष्ट्रियमा १ हजार रनको कोषेढुंगा पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् । सोमबार ३९ औँ अन्तराष्ट्रिय टी ट्वेन्टी खेलिरहेका दिपेन्द्रले १ शतक र ५ अर्धशतक प्रहार गरेका छन् ।

दीपेन्द्रले यहि श्रृंखलामा मलेसियासँग अविजित ११० रन बनाएका थिए ।यसअघि पारसलले ३३ खेलबाट ७९९ रन बनाएका छन् ।

प्रतिकृया दिनुहोस्