काठमाडौं- चलचित्र विकास बोर्डले एक साताअघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ । सोमबारको बोर्ड बैठकले रिलिजको चार दिनअघि नै सिफारिस लिनुपर्ने निर्णय गरेको हो।
प्रदर्शक संस्था चलचित्र संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै विरोधमा उत्रिएको बेला भुवन केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सेन्सरको नियममा लचिलो बन्ने निर्णय गरेको छ।
यसैबीच, राति ११ बजेपछि फिल्म प्रदर्शन गर्न चाहने हल संचालकले शान्ति सुरक्षाको आवश्यक व्यवस्था गरेर प्रदर्शन गर्न सक्ने निर्णय पनि बोर्डले गरेको छ। ‘उक्त समयमा फिल्म प्रदर्शन गर्नु परे बोर्डलाई जानकारी गराए हुने निर्णय भएको छ,’ जारी वक्तव्यमा उल्लेख गरीएको छ।
यसअघि राति ११ बजेसम्म सकिने गरी फिल्म प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो।