×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान

नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान

काठमाडौं-साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको हो ।
माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ ।मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी यसअघि नै कतार पुगिसकेका छन् । कतारमा रहँदा नेपाली टोलीले मैत्रीपूर्ण खेलका लागि पहल गर्ने अलमुताइरीले बताएका थिए । उनी त्यहाँ व्यवस्थापन मिलाउन चाँडै गएका हुन् ।

नेपाल फुटबल संघ एन्फाले बिहीबार नेपाली टोलीलाई बिदाइ गरेको थियो । कतारमा प्रशिक्षणपछि नेपाली टोली सेप्टेम्बर २७ मा साफ च्याम्पियनसिपका लागि उतैबाट माल्दिभ्स जानेछ । १३औं संस्करणको साफ च्याम्पियनसीप अक्टोबर १ देखि १६ सम्म हुनेछ ।यसपटक साफमा ५ टिमले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली फाइनल पुग्नेछन् । कोभिडका कारण भुटानले सहभागिता जनाएको छैन भने पाकिस्तान फिफाको प्रतिबन्धमा रहेको छ ।

प्रतिकृया दिनुहोस्