×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार्न सकिँदैन : पोखरेल

नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार्न सकिँदैन : पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई दोस्रो अध्यक्षका लागि स्वीकार गर्न नसकिने बताएका छन् ।

साउन १५ का अवसरमा शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको खीर खाने कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाल पक्षले राखेको प्रस्ताव पार्टीको विधि र विधानविपरीत भएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।

उनले भने, ‘पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौँ । त्यसमा जाँदा त्यसबेलाको विद्यमान विधान र नियमावलीमा के छ ? त्यसले अनुमति दिने, त्यसले स्वीकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नुपर्‍यो नि, सबैले ।’

उनले नेपाल पक्षबाट दिनहुँजसो विभिन्न प्रस्ताव आउने गरेको बताउँदै ती प्रस्तावबारे आफूले बुझ्न नसकेको समेत बताए ।

 
 

प्रतिकृया दिनुहोस्