×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महानगरमा भवनको नक्सा पास गर्न ७ हजार निवेदन

महानगरमा भवनको नक्सा पास गर्न ७ हजार निवेदन

काठमाडौं-मापदण्डअनुसार भवन निर्माण गरेपनि नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका झन्डै दुई हजार जनाको नक्सा पास भएको छ। नक्सा स्वीकृत गराउन ७ हजार बढीले दिएको निवेदनमध्ये १ हजार ७३५ जनाको नक्सा पास भएको महानगरपालिकाले जनाएको छ।

गत भदौ २३ गते सूचना जारी गर्दै महानगरले मापदण्ड पुगेका तर नक्सा पास नगरी निर्माण भएका भवनको नक्सा पेश गर्न ९० दिने सूचना जारी गरेको थियो। सोही आधारमा नक्सा पास गर्न निवेदन परेको महानगरले जनाएको छ।

गत साउनदेखि सहरी विकास विभागले ९६२ वटा डिपिसी (ड्याम प्रुभ कोर्स) स्वीकृत गरेको छ भने १ हजार ७३५ वटा निर्माण सम्पन्न प्रमाण पत्र जारी गरेको छ। यस्तै १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका ७२ वटा भवनको नक्सा स्वीकृत भएका छन्।

‘डिजिटल सिग्नेचरसहितको इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (इबिपिएस) महानगरले नक्सा स्वीकृतिका लागि प्रयोग गरिएको महानगरका सहायक विज्ञ स्ट्रक्चरल इञ्जिनियर सन्तोष पाण्डेले जानकारी दिए।

महानगरले आर्थिक वर्ष २०७५/७६ देखि ०७८/७९ सम्म १० हजार स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल भएका २७८ वटा भवनको नक्सा स्वीकृत गरेको महानगरले जानएको छ।

महानगरले २०८० साल वैशाख १ गतेदेखि ५ हजार स्क्वायर फिटसम्मका भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडाहरूलाई प्रदान गरेको छ।

 

प्रतिकृया दिनुहोस्