×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पन्ध्र दिनदेखि आमा र छोरा बेपत्ता

पन्ध्र दिनदेखि आमा र छोरा बेपत्ता

काठमाडौं- तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङ्ग निवासी २० वर्षीया राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १५ दिनदेखि बेपत्ता हुनुभएको छ । बेपत्ता भएको लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारजनले खोजीका लागि हारगुहार गरेका छन् ।
राममायाको श्रीमान् लोकबहादुर विकले वैशाख ३ गते बिहान देखि घर  नआएको माइती घर तथा आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेको बताउनुभयो । आमा र छोरा  खोजीका लागि प्रहरी कार्यालयमा जाहेरी दिए पनि कुनै खबर नआएको विकले बताउनुभयो । भारतको रोजगारीमा रहनु भएका विक श्रीमती हराएको खबर आएपछि नेपाल फर्किनु भएको छ ।
विकले बेपत्ता परिवारको खोजी गरिदिन अपिल गर्नु भएको छ । आफ्ना लगायत सबै तिर खोजी गर्दा पनि श्रीमती र छोराको पत्तो नलागेपछि उहाँले प्रहरी, नागरिक समाज र पत्रकारलाई परिवारको खोजी गरिदिन अपिल गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस्