×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ट्वीटरले हटायो पैसा नतिर्ने प्रयोगकर्ताको 'ब्लु टिक'

ट्वीटरले हटायो पैसा नतिर्ने प्रयोगकर्ताको 'ब्लु टिक'

काठमाडौं - ट्विटरले पैसा नतिर्ने प्रयोगकर्ताहरूको 'ब्लु टिक' हटाउन सुरु गरेको छ । ब्लु चेकमार्क भेरिफिकेसनका लागि शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेसँगै कम्पनीले पैसा नतिर्ने प्रयोगकर्ताको चेकमार्क हटाउने चेतावनी दिँदै आएको थियो ।

ब्लु चेकमार्कका लागि प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने व्यवस्था छ । व्यवसायहरूका लागि सब्क्रिप्सनबिना नै गोल्डेन चेकमार्कको व्यवस्था गरिएको छ भने सरकारी खाताहरूका लागि भने खैरो चेकमार्कको व्यवस्था गरिएको छ ।

कम्पनीले सन् २००९ देखि नक्कली अकाउन्टहरूलाई निरुत्साहन गर्न भेरिफिकेसनको सुरुवात गरेको थियो । यद्यपि सन् २०२२ मा एलन मस्कले ट्वीटर खरिद गरेपछि उनले यो नियम परिवर्तन गर्दै निलो चेकमार्कमा सब्सक्रिप्सन प्रणाली सुरु गरेको हो ।

यसरी चेकमार्क हट्नेमा नेपालको प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' को अकाउन्टदेखि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अकाउन्ट पनि रहेको छ । योसँगै विभिन्न प्रचलित राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्तित्व लगायत नेपाली मिडियाहरूको पनि ब्लु चेकमार्क हटाइएको छ ।
 
 

प्रतिकृया दिनुहोस्