काठमाडौं -भारतीय विदेश मन्त्रालयले टर्कीमा गएको भूकम्पपछि भारतीय नागरिक एक जना बेपत्ता र १० जना दुर्गम क्षेत्रमा फसेको जानकारी दिएको छ।
अलपत्र परेका १० भारतीय सकुशल रहेको र भारतबाट पठाइएको विशेष टोलीले उनीहरुको खोजी गरी उद्धार गरिरहेको मन्त्रालयले जनाएको छ।
टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ।
एएफपी न्युजका अनुसार दुवै देशमा गरी भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको हो। घाइतेको संख्या ४० हजार नजिक पुगेको छ।