×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालीलाई शरणार्थी बनाएर राष्ट्रको इज्जत र गौरव नष्ट पार्न खोजियो : पूर्वराजा

नेपालीलाई शरणार्थी बनाएर राष्ट्रको इज्जत र गौरव नष्ट पार्न खोजियो : पूर्वराजा

धनगढी– पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन गरिएको छ । 
बुहारी र नातिनीसहित नेपालगञ्जबाट सडक मार्ग हुँदै आइतबार धनगढी आइपुगेका पूर्वराजा शाहलाई धनगढी रङ्गशालामा सोमबार हजारौँ नागरिकले अभिनन्दन गरेका हुन् ।

पूर्वमन्त्री जयन्त चन्दको संयोजकत्वमा राजपरिवारलाई अभिनन्दन गर्न  एक हजार एक सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरिएको थियो । 

नागरिक अभिनन्दनपछि पूर्वराजा शाहले नेपालीलाई शरणार्थी बनाएर इज्जत र गौरव नष्ट पार्न खोजिएको बताए ।

 ‘नेपाली जनतालाई पुर्खा र राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर हाम्रो इज्जत, गौरव सबै लोप भएर गएको छ । देशभित्र बसौँ, पसिना बगाऔँ, आफ्नो पौरखले देश बनाऔँ भन्ने भावना हराउदै गएको छ । के नयाँ भनेको यही हो ? नेपालको आफ्नो अस्तित्व छैन ?’  शाहले प्रश्न गरे ।

उनले नेपालमा भएको स्रोत साधन र सामर्थ्यद्वारा युग अनुकूल परिवर्तन र विकास गर्न सम्भव भए पनि त्यो हुन नसक्नु मुलुक र जनताका लागि दुर्भाग्यको विषय भएको बताए । वर्तमान युग प्रविधि र तीव्र विकासको युग भए पनि नेपाल र नेपालीले त्यो अनुभव गर्न नपाएको उनको भनाई छ । 

प्रतिकृया दिनुहोस्