प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका छन् । आइतबार (आज) बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री देउवाले भने- ‘संविधानको रक्षा गरौँ, मलाई विश्वासको मत दिनुस् ।’
यस्तै विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले राजनीतिक दलहरु आपसका शत्रु नभएकोसमेत बताएका छन् । ‘राजनीतिक दल आपसमा शत्रु मात्रै होइन,’ प्रधानमन्त्री देउवाले भने- ‘राजनीतिक दलहरु आपसमा मिलेर धेरै काम गर्न सक्छन् । अब नयाँ काम र राम्रो काम गरौँ । मलाई विश्वासको मत दिनुस् ।’