काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने उपप्रधानमन्त्रीसहित गृह मन्त्री बन्ने भएका छन् । निर्वाचन पछि २० सिटसहित चौथो बनेको रास्वपाले सरकारमा आकर्षक मन्त्रालय र वरियता प्राप्त गरेको छ । रवीले अब उपप्रधानमन्त्रीसहित गृहमन्त्रीका रुपमा शपथ लिने टुंगो लागेको छ ।