काठमाडाैँ- विश्वकप फुटबलमा आज शुक्रबार ४ खेल हुँदैछन् । कतारमा जारी विश्वकपमा समूह ए र बीको खेलहरु हुँदैछन् । पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
समूह ‘ए’को खेलमा कतार र सेनेगल नेपाली समय अनुसार बेलुकी पौने ७ बजे आमने सामने हुनेछन् । अर्को खेलमा नेदरल्याण्ड्स र इक्वेडर राति पौने १० बजे भिड्दैछन् । इक्वेडर र नेदरल्याण्ड्सबीचको खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ । अर्को खेलमा इङ्ल्याण्ड र अमेरिका राति पौने १ बजे भिड्नेछन् । इङ्ल्याण्ड र अमेरिकाबीचको खेल अल बेत रंगशालामा हुनेछ ।