काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम सांसद कोइरीलाई निलम्बन गरेका हुन् । प्रतिनिधिसभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय संसद् सचिवालयले सूचना टाँस गरी सांसद कोइरीलाई निलम्बन गरिएको जनाएको छ ।