×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पानी रोकिएपछि मैदानको कभर हटाइयो, कुवेत र नेपालबीचकाे खेल केही बेरमा पुनः सुरु हुने

पानी रोकिएपछि मैदानको कभर हटाइयो, कुवेत र नेपालबीचकाे खेल केही बेरमा पुनः सुरु हुने

काठमाडौं- घरेलु टिम नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा वर्षाको कारण रोकिएको कुवेत र नेपालबीचको खेल केही बेरमा सुरू हुने भएको छ ।

२३.२ ओभरमा तीन विकेटको क्षतिमा नेपालले कुवेतविरुद्ध १४१ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो । केही बेर पानी परेपछि रोकिएको छ । योसँगै मैदानको कभर हटाइएको छ । खेल केही बेरमा सुरू हुनेछ ।

नेपालका कप्तान रोहितकुमार पौडेल ३० र कुशल मल्ल ३२ रनमा अविजित छन् । यसअघि  नेपालका लागि कुशल भुर्तेलले ३९ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ४३ रन बनाए । त्यस्तै, आसिफ शेखले २८ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ३१ रन बनाएर आउट भए ।

नेपालले पहिलो विकेट ७७ रन बनाउँदा गुमाएको थियो । भीम आउट हुँदा नेपालको स्कोर ७८ थियो । त्यसपछि ओपनर आसिफ शेख ८० रन हुँदा आउट भए । रोहित र कुशलले ६१ रनको साझेदारी गरेका छन् ।

नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यता, कुवेत समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनलमा स्थान बनाएको हो । त्यस्तै, मूलपानी क्रिकेट मैदानमा ओमान र यूएईबीचको खेल जारी छ । यूएईले टस हारेर ब्याटिङ गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्