×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अब आशा जाग्यो, इमान्दार कम्युनिस्टलाई एकताबद्ध गर्छौँ : माधव नेपाल

अब आशा जाग्यो, इमान्दार कम्युनिस्टलाई एकताबद्ध गर्छौँ : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने बताएका छन् । शुक्रबार नयाँ बानेश्वरमा घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्ने क्रममा अध्यक्ष नेपालले अब पुरानै विचारले पार्टी नचल्ने बताए ।

‘उही विचार रहेसम्म पार्टी बन्दैन । यो नयाँ सुरुवात हो । आन्दोलनलाई व्यापक बनाउनुपर्छ । अब पुरानो रवैयाले चल्दैन । पुरानो कुराको समीक्षा गरेर अगाडि बढ्नुपर्छ । हामीले पार्टीलाई नयाँ ढङ्गले अगाडि लैजाने, इमान्दार कम्युनिस्टलाई एकताबद्ध बनाउने सङ्कल्प गरेका छौँ ।

हामीभित्र रहेका विकारहरूको खोजी गर्नुपर्छ । सुधार्नुपर्छ,’ उनले भने । अध्यक्ष नेपालले पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन गरेर जाने पनि बताए । ‘इमान्दार कम्युनिस्टलाई एकताबद्ध गरेर अघि बढ्नेछौँ । नयाँ आशा जागेको छ,’उनले भने । 

प्रतिकृया दिनुहोस्