×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप १५ जनामा कोरोना संक्रमण, १८ निकाे

थप १५ जनामा कोरोना संक्रमण, १८ निकाे

काठमाडाैँ- नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ८ सय ८२ पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, ९ सय ९३ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बिहीबार पनि कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ५ सय ९३ जना निको भएका छन् । हाल नेपालमा २ सय ४९ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्