×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भित्तेचित्र मेटिएकोमा कांग्रेसको विरोध

भित्तेचित्र मेटिएकोमा कांग्रेसको विरोध

नेपाली कांग्रेसले कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकाहरूको सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान भएको भन्दै विरोध जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेको यस्तो व्यवहार निन्दनीय भएको समेत आरोप लगाएका छन् ।

‘महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरुको कदर गर्दै कसैले पनि कुनै पनि तरिकाले सम्मान प्रकट गर्दा त्यसलाई सह्राहना गरिनुपर्दछ । त्यसविपरीतको व्यवहार निन्दनीय हुन्छ‚’ विज्ञप्तिमा भनिएको छ‚ ‘कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठलगायतले फ्रन्टलाईनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामुहिक चित्र दुई साताअघि काठमाडौँको एक पर्खालमा निर्माण गरेका थिए । युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्रलाई एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको छ ।’

प्रतिकृया दिनुहोस्