काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज (बिहीबार) जापान सरकारबाट विभूषित हुँदै छन् । जापानले ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट पौडेललाई सम्मान गर्न लागेको हो ।
पौडेलको सचिवालयका अनुसार उआज दिउँसो ३ बजे काठमाडौंस्थित जापानी दूतावासले उनलाई उक्त विभूषण प्रदान गर्न लागेको हो । पौडेलले सभामुख हुँदाताका गरेका काम र त्यसपछि जापान–नेपाल सम्बन्धका लागि खेलेको भूमिकाको कदर गर्दै जापानले यो विभूषण प्रदान गर्न लागेको हो । पौडेल नेपाल–जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए ।
विदेशी नागरिकलाई दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्येको एक हो । जापानका सम्राट मेइजिले सन् १८७५ मा यो विभूषणको स्थापना गरेका थिए ।