×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भोलि त हाम्रो शपथ ग्यारेन्टी हुन्छ : मेटमणि चौधरी

भोलि त हाम्रो शपथ ग्यारेन्टी हुन्छ : मेटमणि चौधरी

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले भोलिसम्म मन्त्री हेरफेर हुने बताएका छन्। बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै उनले एकीकृत समाजवादीबाट सिफारिस भएका नयाँ मन्त्रीहरूले बिहीबारसम्म शपथ ग्रहण गरिसक्ने दाबी गरे।

‘हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरि जसपाका साथीहरूले हामीलाई पनि पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनको लागि समय चाहिन्छ भनेपछि केही दिन ढिला मात्रै भएको हो। मन्त्री त सम्भवत्ः आज नभए भोलिसम्म फाइनल हुन्छ। आज भएन भने शपथ ग्रहण भोलि पक्कै हुन्छ’ उनले भने।

उनले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक सपथ गराउनका लागि शपथ ग्रहण पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताए। ‘माओवादीभित्र पनि प्रेसर छ। कांग्रेसभित्र पनि प्रेसर छ। सबैले एकैपटक गरौं, दुई दिनभित्र टुंगिन्छ भनेपछि ठिकै छ नि त भनेर हाम्रो अध्यक्षले गर्नुभयो। यसलाई अपरिपक्व निर्णय भन्न मिल्दैन। सकभर आज नभए भोलि ग्यारेन्टी हुन्छ’ नेता चौधरीले भने।

समाजवादीले हाल सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई पठाउने तयारी गरेको छ। नयाँ सिफारिस भएका मन्त्रीले बधाई खाए पनि शपथ भने खान पाएका छैनन्।

प्रतिकृया दिनुहोस्