चितवन- नारायणगढ मुग्लिन सडक खण्ड अहिले एकतर्फी रुपमा सञ्चालन भइरहेको छ । इच्छाकामना गाउँपालिका ६ को नाम्से खोलामा वर्षका कारण पहिरो जाँदा बाटो अवरुद्ध भएको हो ।
बिहान ५ बजे पहिरो गएपछि दुवै तर्फ अवरुद्ध भएको बाटो अहिले पहिरो हटाई एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।