काठमाडौँ- २८ करोड राजस्व छलेको आरोप लागेका उमाशंकर रायभार रिहा भएका छन् ।
रायभार्र राजस्व छलीको मुद्दामा उच्च अदालत पाटनले अदालतले तोकेको धरौटी बुझाउन नसकी थुनामा परेका थिए ।
सर्वोच्च अदालतले रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न शुक्रवार आदेश दिएको थियो । रायभारसँग यसअघि २०७७ फागुन १७ गते उच्च अदालतले ७५ लाख रुपैयाँ धरौटी मागेको थियो, सो रकम तिर्न नसकेपछि उनी नख्खु कारागार चलान भएका थिए ।
आइतवार पाटन उच्च अदालतमा धरौटी रकम बुझाएर उनी रिहा भएका हुन् । रायभारले आफ्नो नागरिकता दुरुपयोग गरेर सरोजकुमार मिश्रले राजस्व छली गरेको बताउँदै आएका छन् ।