×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाजुरा मुक्तिकोट : जहाँ ४ दिन लगाएर काठमाडौंबाट युवाहरुको टोली पुगेर सहयोग गरे ।

बाजुरा मुक्तिकोट : जहाँ ४ दिन लगाएर काठमाडौंबाट युवाहरुको टोली पुगेर सहयोग गरे ।

भक्तपुर - वाजुरा सुदुरपश्चिम नेपालकै विकट जिल्ला त्यसमा पनि मुक्तिकोट । यहाँको दयनीय अवस्थाको समाचार स्थानीय तथा राष्ट्रिय स्तरका दैनिकी पत्रपत्रिकाले पहिलो पानामै छ्यापछ्याप्ति वजारमा छापियो ।  
वाहिर निकालियो, त्यो कुरा सबैले सुन्न, हेर्न र बुझ्न मात्र सके तर सम्वन्धित घटनाको ठाउँसम्म जान त के सोच्न सम्म हिम्मत राखेनन, त्यो सुदुरको बाजुरा कहाँ पर्छ कति टाढा होला, 
त्यहाको जिवनस्तरको अवस्था कसरी यस्तो हुन पुग्यो, मनमा अनेक खुल्दुली र प्रश्नहरु उब्जाउन थाल्यो-सेवामूलक सामाजिक संस्था हन्ड्रेड ग्रुपले ।


 यसरी गाउँको समाचार एकाएक बाहिरिए पछि विभिन्न संस्था ,समुह दारी क्लब अमेरिका, एनवाई नेपाली काम पोस्ट, नेपाली क्रिकेट डल्लाज, गोर्खा ट्रेड्स, एनसीसी ,खातुन फाउन्डेसन र व्यक्तिगत सहयोग अस्मिता ढुंगाना,शान्तीराम अधिकारी,अनामिका अर्याल,सम्झना लामा,अन्जना जोशी, रेणु खड्का, गीता अधिकारी, हेम थापा लगायतका दाता तथा  निकायहरुवाट सहयोग संकलन गरेर करिब साढे छ लाखको औषधीदेखी खाद्यान्न चामल ,तेल,नुन, साबुनहरु सामानहरु र केहि हन्ड्रेड ग्रुपका डाक्टरहरुको टिम लगेर सोही ठाउँमा पुग्यो ।
 जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने सो ठाउमा खच्चरको प्रयोग गरि उक्त सामान ढुवानी गरी स्थानीयहरुको घरमै पुगेर वितरण गरिएको हो ।
साथै यस कार्यमा नेपालको चर्चितफेसबुक पेज रुटिन अफ नेपाल बन्दको टिमले सहयोग गरेको थियो ।
त्यहाँ  बर्सेनि सो गाउँका  सुत्केरी महिलाहरुले कुपोषणका कारण जन्मिने बच्चाहरु पनि आमाको दूध चुस्न नपाउँदा कुपोषण को सिकार वन्दै आएका छन। 
संस्थावाट आएका डाक्टरहरुको पहलमा उक्त गाउँ स्थानीयहरुको स्वास्थ्य परिक्षण समेत गरिएको सेवामूलक संस्थाका संस्थापक अध्यक्ष बव्लु गुप्ताले वताए 
गुप्ताका अनुसार मुक्तिकोटमा खाद्यान्न सामग्री चामल , लिटो,पोषण , स्वास्थ्य सामाग्री,वालवालिकाको लागि शैक्षिक सामाग्री, कपडा तथा दैनिक उपभोग्य खाध्य सामाग्री सहयोग स्वरुप वितरण गरेका हुन। 
त्यस्तै डाक्टरहरु(राम जि राम, महेन्द्र राज पाण्डे , पोषणविद् अस्मिता ढुङ्गाना, गौरव चौधरी , अमृत चन्द)को टोलीले गाउँमै पुगेर स्वास्थ्य परिक्षण समेत गरेका  छन। 
उनीहरुका अनुसार खाद्यान्नको कमिले अधिकाशं व्यक्ति तथा वालवालिका हरुमा कुपोषण देखिएको छ। 
मुक्तिकोटमा यसरी पेटभरी  खान नपाएका स्थानियहरुले एका एक खाद्यान्न सहयोग गर्दा आफुहरु खुसि भएको त्यहाँका स्थानीयले वताएका छन। 
१ बर्ष काम गरेर ३ महिना पनि पेट भरि खान नपुग्ने उक्त ठाउमा यसरी राहत वितरण गरेर मानव सेवा गर्न पाउँदा आफुहरु एकदमै खुसि भएको अध्यक्ष गुप्ताले वताए।

Open photo

 

Open photo

 

 

प्रतिकृया दिनुहोस्