×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रुपन्देही–२ : गठबन्धनका गुरुङको उम्मेदवारी खारेज भएपछि विष्णु पौडेलका प्रतिस्पर्धी काे ?

रुपन्देही–२ : गठबन्धनका गुरुङको उम्मेदवारी खारेज भएपछि विष्णु पौडेलका प्रतिस्पर्धी काे ?

रुपन्देही- रुपन्देही–२ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्तारुढ दलहरु अन्योलमा परेका छन् । बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरेपछि रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रतिस्पर्धीको खोजीमा सत्तारुढ दलहरु जुटेका छन् ।

रुपन्देही– २ बाट पाँचौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका पौडेल अहिले चौथो पटक जित हात पार्ने योजनामा छन् । यो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका १८ जनामध्ये गठबन्धनका गुरुङसँगै तीन जनाको मनोनयन आयोगले खारेज गरेको छ ।

अब चुनावी मैदानमा १५ जना उम्मेदवारहरु छन् । उनीहरुमध्येका कसैलाई समर्थन गर्ने गरी गठबन्धन दलहरुबीच छलफल चलिरहेको बताइएको छ । गठबन्धनकाले अब कुन उम्मेदवारलाई समर्थन गर्छ भन्नेतर्फ चासोका साथ हेरिएको छ ।

नर्थ वेष्ट नेपाल इन्फा प्रालिका अध्यक्ष समेत रहेका गुरुङले तिर्नुपर्ने २ करोड २५ लाख रुपैयाँ नतिरेको भन्दै २०७६ सालमा काठमाडौँ जिल्ला अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो । अदालतले २०७८ मंसिर २१ गते बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित बिष्टलाई दायित्व तिर्नुपर्ने फैसला गरेको थियो ।

फैसलामा नर्थवेष्ट नेपाल इन्फा प्रालिका गुरुङसहितका ६ जनाले विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १०७ (क) बमोजिम जनही २ हजार रुपैयाँ जरिवानासहित मागदाबी अनुसारको बिगो तिराउने उल्लेख थियो । गुरुङले अन्तिम समयसम्म पैसा बुझाउने प्रयास गरे पनि ठूलो रकम भएकाले जुटाउन नसकेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्