व्यवसायी तथा सांसद उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँग राखेर राज्यमन्त्री सिफारिस गरेका हुन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।