×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हाम्रो रेकर्ड तोड्न नसकेपछि कांग्रेस-माओवादीले जनसभा नगर्ने निर्णय गरे : योगेश

हाम्रो रेकर्ड तोड्न नसकेपछि कांग्रेस-माओवादीले जनसभा नगर्ने निर्णय गरे : योगेश

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन् । भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने उल्लेख गर्दै ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ तथा प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यकासाथ एमाले हिँँडेको बताए ।

एमाले महाधिवेशनको उद्घाटनसत्रमा सात लाख बढी जनता सहभागी भएको जिकिर गर्दै उनले भने, ‘हामीले रकेर्ड बनाइसक्यौं, त्यो रेकर्ड तोड्न नसकेरै कांग्रेसले आफ्नो महाधिवेशन र माओवादीले राष्ट्रिय सम्मेलनमा जनसभा, जनप्रदर्शन नगर्ने निर्णय गरेका छन् ।’

उनले गठबन्धन सरकारकै कारण चौतर्फी लोकतान्त्रिक मूल्यमान्यता भत्किरहेको आरोप लगाए । भागबण्डाको राजनीतिले कार्यपालिका ध्वस्त बनेको उनको भनाइ छ । भट्टराईले सार्वजनिक खरिद ऐन संशोधनप्रति आपत्ति जनाए ।उनले कम्युनिष्ट पार्टी स्थापना भएदेखिको कम्युनिष्टको लिगेसी एमालेसँग रहेको बताए । ‘जुन साख एमालेले जोगाएको छ र जनताको भरोसा एमालेमा मात्र छ, नेकपा विघटन भएपछि एमाले नै नेकपाको लिगेसी कायम राखेको छ’, उनले भने ।अब नेपालमा एमाले र कांग्रेसको मात्र प्रतिष्पर्धा हुने उनले बताए । सो क्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको १० औं महाधिवेशनबाट देश नै खुसी बनेको बताए । उनले चितवनमा सम्पन्न एमालेको १० औं राष्ट्रिय महाधिवेशन सानदाररूपमा सफल भएको जिकीर गरे । रासस

प्रतिकृया दिनुहोस्